असार १३, काठमाण्डौ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ लाख ६ हजार ७५६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९२ हजार नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ९६ हजार ९१५ पुगेको छ । हालसम्म ५३ लाख ५७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।
अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख २७ हजार ६४० जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २५ लाख ५२ हजार ९५६ पुगेको छ । अमेरिकामा १० लाख ६८ हजार ७०३ जना उपचार गरेर डिस्चार्ज भएका छन् ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरै संक्रमित फेला पर्दा करिब १ हजार जनको मृत्यु भएको छ । योसँगै ब्राजिलमा हालसम्म १२ लाख ८० हजार ५४ जना संक्रमित हुँदा ५६ हजार १०९ जनाको मृत्यु भएको छ । रुसमा ६ लाख २० हजार ७९४ संक्रमित हुँदा ८ हजार ७८१ जनाको मृत्यु भएको छ ।
भारतमा पनि संक्रमणको दर उच्च रुपमा बढिरहेको छ । पछिल्लोे २४ घण्टामा मात्रै यहाँ १८ हजार नयाँ संक्रमित थप भएका छन् । योसँगै भारतामा हालसम्म ५ लाख ९ हजार संक्रमित हुँदा १५ हजार ६८९ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४३ हजार ४१४ जनाको मृत्यु भएको छ भने ३ लाख ९ हजार ३६० जना संक्रमित रहेका छन् ।