असार १९, काठमाण्डौ । ५ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित साउन ०६७ मा शुरु गरिएको बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण १० वर्षमा पनि सम्पन्न हुन सकेन । यही साउनमा आयोजना शुरु भएको ठ्याक्कै १० वर्ष पुगेको छ ।
तर, आयोजनाबाट पहिलो चरणमा विद्युत् उत्पादन नै मंसिरसम्म नहुने भएको छ । ४ सय ५६ मेगावाट क्षमताको आयोजनाबाट यही असारमा ७६ मेगावाटको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्य पछिल्लोपटक तय गरिएको थियो । निर्माण अवधि दोब्बर भन्दा बढीले बढेको आयोजनाको लागत पनि ३५ अर्ब रुपैयाँबाट ७५ अर्ब पुग्ने भएको छ ।