कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ६६ हजार नाघ्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ३०, मंगलबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ६६ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ६६ हजार ६५४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । दक्षिण अफ्रिकाले खुला गरिसेकेको मदिरा विक्री कोरोना संक्रमण अनपेक्षित रुपमा फैलिन थालेपछि पुनः बन्द गरेको छ । लकडाउनले मान्छे घरमै मदिरा न गरेर बस्दा घरेलु हिंसाका घटना बढेको भन्दै मदिरा विक्रीमा पुनः प्रतिबन्द लागाइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस