साउन ७, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार ४ सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसका कारण ९१५ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरसका ६ हजार ८५९ नयाँ संक्रमित फेला परेका छन् ।