कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ६ लाख १९ हजार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ९, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ९, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख १९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख १९ हजार १५० पुगेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । दक्षिण अफ्रिकामा मात्रै दैनिक १० हजारभन्दा धेरै कोरोना संक्रमित थपिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस