भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य बृद्धि, दैनिक ५० हजारको हाराहारीमा संक्रमित फेला !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ११, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौं । भारतमा दैनिक ५० हजारको हाराहारीमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गइरहेका छन् । शनिबार ४८ हजार ४७९ जना संक्रमित थपिएका छन् । शुक्रबार ४८ हजार ८९२ तथा बिहीबार ४८ हजार ४४६ जना संक्रमित थपिएका थिए ।

अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १२ लाख ८५ हजार ४९४ जना पुगेका छन् । मृतक ३२ हजार ९६ पुगेका छन् । शनिबार ६९२ जनाको ज्यान गएको छ । निको हुनेको संख्या ८ लाख ८६ हजार २३५ पुगेको छ । शनिबार ३६ हजार १२७ जनालाई निको भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस