बिश्वमा दुई लाख ८० हजार कोरोना संक्रमित थपिए, ६ हजार ६४५ को मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १५, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाण्डौ । विश्वमा पछिल्लो चौबिस घण्टा बुधबारमा दुई लाख ८० हजार ३९२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना कारण विश्वमा ६ हजार ६४५ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार बुधबार ब्राजिलमा सबैभन्दा बढी ७० हजार ८६९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने एक हजार ५५४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६२ हजार ८६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार ३०४ जनाको मृत्यु भएको तथ्यांक छ ।
भारतमा बुधबार ५२ हजार २४९ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ७७९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रूसमा पछिल्लो २४ घण्टामा पाँच हजार ४७५ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १६९ जनाको मृत्यु भएको छ ।

यस्तै, बुधबार दक्षिण अफ्रिकामा ११ हजार ३६२, मेक्सिकोमा सात हजार २०८, कोलम्बियामा आठ हजार ६७०, स्पेनमा दुई हजार ३१, इरानमा दुई हजार ६३६, चिलीमा एक हजार ७७५, साउदी अरेबियामा एक हजार ७५९ तथा पाकिस्तानमा एक हजार ६३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस