अवैधानिक रुपमा साउदी बसेका ४९८ नेपालीले पाए बहिर्गमन भिसा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १७, शनिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन १७, काठमाण्डौ । साउदीमा ४९८ जना अवैधानिक नेपालीले बहिर्गमन भिसा पाएका छन् । हिर्गमन भिसाको लागि गएको पुस, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये ४९८ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र अकामा नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने वहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले बहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस