साउन २३, काठमाडौं । बिहीबार विश्वमा २ लाख ५९ हजार ३४४ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनकोभन्दा धेरै हो । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार विश्वमा २ लाख ६ हजार ७०९ कोरोना संक्रमित थपिएका थिए ।
गत शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ लाख ९२ हजार ५२७ कोरोना संक्रमित थपिएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख २ हजार ६४२ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ८६ लाख १४ हजार १७७ पुगेको छ ।