करिब आठ लाख उपभोक्ताको विद्युत् महसुल छुट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २, मंगलबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

भाद्र २, काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा शतप्रतिशत नेपालीको घरका विद्युत् पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि सरकारले सन् २०२३ सम्म यो काम गर्ने लक्ष्य लिएको थियो । नेपाल विद्युत् प्राधिकरणको सोमबार आयोजित ३५औँ वार्षिकोत्सव समारोहलाई वेबिनारमार्फत सम्बोधन गर्दै उनले मुुलुक विद्युत्मा आत्मनिर्भरतर्पm उन्मुख भइरहेकाले अब विद्युत् खपत बढाउने ध्यान केन्द्रित गरिरहेको पनि बताए ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले अबका दिनमा जलायशययुक्त जलविद्युत्मा लगानी आकर्षित गर्न प्राधिकरण लागि परेको र केही त्यस्ता केही ठूला आयोजना अगाडि बढाउने प्रक्रिया थालनी गरिसकिएको पनि जानकारी दिए ।

उनले १० वर्षअघि भन्दा अहिलेको प्राधिकरणको अवस्थामा निकै ठूलो सकारात्मक परिवर्तन आएको चर्चा गर्दै एक्लो प्रतिस्पर्धामा हिँडिरहेको प्राधिकरणका अगाडि थुप्रै चुनौती रहेको पनि बताए । उनले प्राधिकरण वित्तीय रूपमा नाफा उन्मुख हुन थालेपछि उपभोक्ताको हितमा काम गर्न मासिक १० युनिटभन्दा कम खपत गर्ने करिब आठ लाख उपभोक्ताको महसुल छुट गरिएको र अन्य उपभोक्ताका लागि पनि महसुल कम गरिएको बताए । मन्त्री पुनले आगामी पाँच वर्षे संस्थागत विकास योजना २०७७ जारी भई सोही अनुरूप काम अगाडि बढाइएको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस