नौबिसे-नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य सुरु गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ५, शुक्रबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ५, काठमाण्डौ । राष्ट्रिय प्राथमिकता प्राप्त नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य सुरु हँुदै छ । सुरुङ निर्माणको ठेक्का पाएको जापानी ठेकेदार कम्पनीले तीन हप्तापछि सुरुङ खन्ने कार्य गर्ने सडक विभागले जनाएको छ । विभागको बैदेशिक समन्वय महाशाखाका निमित्त प्रमुख रुपकराज भण्डारीले अबको २१ दिनपछि सुरुङको मुख्य सुरुङ खन्ने कार्य थाल्ने कार्ययोजना ठेकेदार पक्षले पेस गरेको जानकारी दिनुभयो । उहाँका अनुसार ठेकेदार कम्पनीले सुरुङ खन्न चाहिने मिसेनरी सामग्री ८० प्रतिशतको हारहारीलाई नेपाल ल्याइसकेको छ ।

त्यसबाहेक नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनालाई अत्यावश्यक रुपमा चाहिने विस्फोटक पदार्थ खरिद प्रक्रिया थालेकाले कार्ययोजनाअनुसार काम हुनेमा ढुक्क रहेको उहाँले दाबी गर्नुभयो । काठमाडौं उपत्यकाको मुख्य नाकाको रुपमा लिइने नागढुंगा नाकामा सवारी आवागमनलाई सहज पार्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको सुरुङ मार्ग निर्माण गर्न लागिएको छ । जापान सरकारको सहुलियत ऋण सहयोगमा बन्न लागिएको यस आयोजना निर्माणको ठेक्का जापानी निर्माण कम्पनी हाज्माआन्दो कर्पोरेसनले पाएको छ । काठमाडौंको तोतिपाखा हुँदै धादिङको सिस्नेखोलासम्म सुरुङ मार्ग निर्माण हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस