कांग्रेस नेता पन्नाकाजीको अवसान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र १३, शनिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता पन्नाकाजी महर्जनको निधन भएको छ । कांग्रेसका संस्थापक नेताहरुको समेत सहयोगी भएर काम गरेका कांग्रेसका सच्चा कार्यकर्ता पन्नाकाजीको शनिबार बिहान निधन भएको हो । उनी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । कोरोना भाइरसको महामारीका कारण उनको मृगौला प्रत्यारोपणको काम पनि रोकिएको थियो । उनको उपचारका लागि आर्थिक स्रोतसमेत जुटाउन समस्या भएको थियो ।
कांग्रेस नेता प्रगतिमान रंजितले नेता महर्जनको निधनको पुष्टि गर्दै एक सच्चा कांग्रेसी कार्यकर्ता गुमाउन पुगेकामा दुःख व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस