रक्षामन्त्री, गृहमन्त्री  र स्वास्थ्यमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ 

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १४, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाण्डौ । उपप्रधानमन्त्री  तथा रक्षामन्त्री  ईश्वर  पोखरेल, गृहमन्त्री  राम बहादुर  थापा, स्वास्थ्यमन्त्री  भानुभक्त  ढकाल, प्रधान  सेनापती  पूर्णचन्द्र  थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूले हिजै परीक्षण गराएका थिए ।

उनीहरुको हिजो साँझ अबेर आएको रिपोर्ट नेगेटिभ रहेको उपप्रधानमन्त्री पोख्रेलको सचिवालयले जनाएको छ । छाउनीमा सीसीएमसीको बैठक व्यवस्थापनमा खटिएका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रीहरू पोखरेल, थापा र ढकाल आइसोलेसनमा बसेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस