-राज ढुंगाना
भाद्र १५,काठमाडौँ । नेपाली कांग्रेसभित्र यतिबेला आगामी महाधिवेशनलाई लिएर चौतर्फी बहस चलिरहेका छन् । नेताहरु आ–आफुलाई सभापतिको दावेदारको रुपमा उभ्याइरहेका छन् । खासगरी यतिबेला नेपाली कांग्रेसभित्र दुई समुह आगामी महाधिवेशनको लागी सक्रिय रहेको छ । सभापति शेरबहादुर देउवासहित, बिमलेन्द्र निधिको समुह र बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र डा. शेखर कोइरालाको अर्को समुह आगामी महाधिवेशनको लागी तयारीमा छ ।
नेपाली कांग्रेसभित्र यसपाली सभापतिको दौडमा झण्डै दर्जन नेता दौडमा छन् । त्यसैले पनि आगामी महाधिवेशन चुनावी प्रतिस्पर्धामा हुने निश्चित छ । जुनकुरा नेताहरुको अभिव्यक्ति,दौडधुप र गुटगत भेलाहरुले देखाइरहेको छ । कांग्रेसको महाधिवेशन आगामी फागुनमा गर्नुपर्ने हुन्छ । विधानअनुरुप जाने हो भने र कोरोनाको महामारी साम्य भयो भने फागुनमा कांग्रेसले नयाँ नेतृत्व पाउने आशा गर्न सकिन्छ । आइतबार मात्रै कांग्रेस महामन्त्री डा शशांक कोइरालाले शेरबहादुर देउवालाई हटाउने एक मात्रै व्यक्ति आफु रहेको दावी गरेका छन् ।
अर्को त पार्टीका उपसभापति द्धय प्रकाशमान सिंह र बिमलेन्द्र निधि पनि सभापतिका दावेदार हुन् । उनिहरु पनि रेसमा रहको गतिविधिले देखाउछ । यसमध्ये पनि नेतासंग भन्दा बढी कार्यकर्ता र जिल्ला,प्रदेश तहका नेतासंग राम्रो सम्बन्ध बनाएका अहिलेका केन्द्रिय सदस्य डा. शेखर कोइराला पनि सभापतिको रेसमा रहेको बताइसकेका छन् । उनले त आफु एकचोटी सभापति बन्ने र जित्नको लागी सभापति बन्ने बताएका छन् । उनले आफुसंग कांग्रेसलाई हाँक्न र सफल बनाउने कौशलता रहेको बताए ।
डा. कोइराला भन्छन:–
मान्छेको एउटा उर्जा हुन्छ , त्यो उर्जा सधै नरहन सक्छ, समय अनुसार उमेर,रोगले मान्छेको सक्रियता घट्ने गर्छ । मेरो लक्ष्य, योजना यही समयमा कार्यान्वय गराउने हो । त्यसको लागि पनि म सभापतिमा उठ्ने नै हो । मेरो यो अठोट हो । परिवर्तन हुन्न । हामी जस्तै मान्छे सधै बसिरहयौँ भने युवाहरु कहिले आउछन ? मेरो एउटा धारणा छ, अवको महाधिवेशनमा स्थानीय तहमा कांग्रेसको नेतृत्व ६० प्रतिशत युवाहरु आउनुपर्छ , त्यही अनुसार प्रदेशमा ५० प्रतिशत युवा नेतृत्व र केन्द्रमा ४० प्रतिशत युवाहरु नेतृत्व तहमा आउनुपर्छ ।
अव कांग्रेसमा अनुभवी नेताहरुसहित युवाको सहभागिता उल्लेखनिय हुनुपर्छ । उनले भने–जिल्लामा एकदमै राम्रा भएको छ । मैले सोचे भन्दा उत्साहित पाएको छु । कार्यकतालाई नेता रिसाउला की भनेर उम्मेद्धारी दिनु राम्रो भन्नुहुन्छ तर मैले उहाँहरुलाई भन्ने गर्छु, मैले उम्मेद्धारी दिन हुन्न भन्नुहुन्छ भने म सभापतिमा उठ्दिन् , तपाईहरुले भोट नहाल्ने हो, नउठ्नुस भन्नुहुन्छ भने हार्ने चुनाव म लड्दिन् । तपाईहरु के भन्नुहुन्छ ? भनेर सोध्ने गर्छु, उहाँहरुको प्रतिक्रिया देखेर म उत्साहित नै छु । उनले आफु निरन्तर कार्यकतासंग नजिक रहेर रणनिती बनाइरहेको बताएका छन् ।
पाँचभाई एक ठाँउमा
पछिल्लो समय म, बरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, अर्जनुनरसिंह केसी, कृष्ण सिटौला निरन्तर कुराकानीमा छौँ, हामीमा कुनै समस्या छैन् । हामीमध्येबाट एकजना सहमतीमा सभापतिमा एउटा उम्मेद्धार खडा गर्नेगरी नै हामी अगाडी बढिरहका छौँ । मैले आफ्नो तर्फबाट सबै किसिमको तयारी गरेको छु ।
म संग योजना पनि छ । मैले सभापति बन्न पाए भने कांग्रेसलाई शक्तिशाली पार्टी बनाउने मेरो योजना छ । कांग्रेसमा आम कार्यकर्ताले सभापतिको लागी डा शेखर काइरालालाई अघि बढ्न सुझाव दिएकै कारण आफु अघि बढेको उनले बताएका छन् । यसको मतलब अव नेपाली कांग्रेसमा सभापति देउवालाई टिक्न गाह्रो हुने देखिन्छ । गएको महाधिवेशनमा उनलाई साथ दिएकाहरु नै उनको साथ छोड्दै जानु, गएको चुनावमा पराजय व्यहोर्नु, पार्टीमा आन्तरिक लोकतन्त्र कायम गर्न नसक्नु, प्रतिपक्षी भुमिका निर्वाह गर्न नसक्नु देउवाका कमजोरी हुन् ।
कांग्रेस लोकतान्त्रिक भएन् , विधिमा चलेन्
नेपाली कांग्रेस लोकतन्त्रको पर्यायवाची हो । विश्वले पनि नेपाली कांग्रेसलाई लोकतान्त्रिक पार्टीकै रुपमा बुझ्छ , तर कांग्रेसका सभापति लगायत पदाधिकारीको गतिविधि हेर्दाखेरी मस्ट अनडेमोक्रेटिक,आन्तरिक लोकतन्त्र नै नभएको पार्टी जस्तो देखिएको छ । हामी अरुलाई लोकतन्त्रको पाठ सिकाउने आफु लोकतन्त्रको हिमायती भन्ने तर आफ्नै पार्टीभित्र आन्तरिक लोकतन्त्रको लागि खरो उत्रिन सकेको छैनौँ । व्यवहारमा उतार्न सकिएको छैन् ।
अहिलेको विधानमा ६ महिनामा गर्नुपर्ने काम गर्दैनौँ । चार बर्षमा गर्नुपर्ने महाधिवेशन गर्न सकेका छैनौँ । अझै म्याद सार्न खोज्दैछौँ । सभापतिको इन्टेन्सन नै १ बर्ष लम्ब्याउछु, ५ महिना त विधानले दिइहालेको छ भन्ने उहाँमा पर्यो । र विभागहरु ६ महिनामा बनाउनुपर्नेमा अहिले साढे ४ बर्ष सकिएपछि महाधिवेशनको मुखमा विभागहरु बनाउनु भएको छ । विभागमा सबै कांग्रेसीहरु हुनुहुन्छ त्यसमा मलाई कुनै आपत्ती छैन् । उनिहरु ठिक छन् । यो त सिधै पार्टीलाई कयाप्चर गर्ने तरिकाले मनपरी गरेको छ ।
सामान्य तरिकाले भन्नुपर्दा अधिवेशनलाई प्रभावित बनाउन, पार्टी क्याप्चर गर्न खोज्या हो नी त । अब समायोजन गर्दाखेरी केन्द्रिय समितीले निर्वाचन समितीलाई अधिकार दियो । उहाँहरुले प्रतिनिधि बठाएर गर्नुभयो । अझै ११ जिल्लामा समायोजन हुन सक्या छैन् । जुन जिल्लामा प्रतिनिधि उहाँहरुले पठाउनुभयो , प्रतिनिधिले रिपोर्ट दिएर पठाउनभयो त्यो प्रतिवेदन उहाँहरु खोल्न चाहनुहुन्न । उहाँहरुले समितीलाई प्रतिवेदन नखोल्न धम्की नै दिनुभएको छ ।
अव निर्वाचन समितीलाई नै उहाँहरु मान्नुहुन्न भने पार्टी कसरी लोकतान्त्रिक हुन्छ रु रसुवा, डोल्पा लगायत जिल्लामा कांग्रेस नै मेटिनेगरी निर्णयहरु भएका छन् । अहिले हाम्रो पार्टीका सभापति र पदाधिकारीहरुको कस्तो दरिद्र मानसिकता छ भने जिल्ला सभापतिहरुलाई केही थाहै हुँदैन् । केन्द्रिय समितीले एकलौटी निर्णय गरिन्छ । यसले के गर्छ भने नेपाली कांग्रेसको विधि, पद्धती मास्न थाल्नुभयो । त्यसकारण हामी विरोध गरेका हौँ ।
सभापति जी सत्तापक्षको एउटा पार्टस् जस्तो देखिनुभयो
उहाँ कोरोनाको बहाना बनाएर पार्टीको महाधिवेशन रोक्न खोज्दै हुनुहुन्छ । समायोजन गर्न सक्नुहुन्न । यी विषयमा हामी खुल्ला बहस गरेर जान्छौँ । महाधिवेशन रोक्नुहुन्न भन्ने मेरो भनाई हो । अहिले पार्टीसत्ता देउवाले कब्जा गरिरहुन भएको छ । प्रतिपक्षीको भुमिका शुन्य छ । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष एउटै हुनै सक्दैनन् । त्यसो भयो भने त एक पार्टी व्यवस्था भइहाल्यो नी । त्यसैले यिनीहरुकको आफ्नै अस्तित्व छ । गएको चुनावपछि पार्टी संग्लिएर जानुपर्ने थियो , झन बलियो बनेर जानुपर्ने थियो, तर त्यसो हुन सकेन् ।
यसको कारण पनि सभापति देउवा नै हुन् । सभापतिको नेचर जहिल्यैपनि सत्ता प्राप्तीलाई नै प्राथामिकता राख्नुभयो । उहाँ पार्टी भन्दा सत्ता नै चहानुभयो । अब प्रतिपक्षी बिना त हुन्न , त्यसकारण पार्टीभित्र माधव नेपाल , प्रचण्डले प्रतिपक्षीको भुमिका खेल्नुभयो । ,हामीले नेपाली कांग्रेसमा खेल्यौँ । संसदमा हामीले खेल्नुपर्ने भुमिका भिम रावलहरुले खेल्नुभयो, यतातिर आएर गगन जी , मिनेन्द्र रिजाल जी हरु खेल्दै हुनुहुन्छ । उहाँहरुले पनि नबोलेको भए नागरिक समाजले बोल्थ्यो होला, अहिले त इन अफ इज इनफले बोल्यो । त्यसैले प्रतिपक्षी हुनुपर्छ । लोकतन्त्रमा प्रतिपक्षले सरकारलाई सन्तुलनमा राख्छ । यसकारण सभापति जी सत्तापक्षको एउटा पार्टस् जस्तो देखिनुभयो । त्यसैले नेपाली कांग्रेस कमजोर भयो ।