नेपाल आयल निगममा नेविसंघ (वी.पी) को तालाबन्दी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र १८, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १८, काठमाडौ । नेपाल विद्यार्थी संघ (वी पी) ले आज नेपाल आयल निगमको बबरमहलस्थित कार्यलयमा तालाबन्दी गरेको छ । उसले कोरोना (कोभिड १९) ले नागरिक घरमै थुनेर बसेको अवस्थामा नागरिक रोगले भन्दा भोकले मर्ने बेलामा पनि पटकपटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको भन्दै आपत्ति पनि जनाएको छ । उसले कर खारेजलाई प्रमुख माग बनाएको छ ।

पेट्रोलियम पदार्थमा सरकारले विभिन्न कोष खडा गरि कर लगाएको कारणले पेट्रोलियम पदार्थमा मुल्य वृद्धि हुन गएकोले पेट्रोलियम पदार्थमा लागाउदै आएको मुल्य अभिवृद्धि कर भ्याट बाहेक अन्य कर सिमित अबधिको लागि सिमित क्षेत्रमा मात्रै लगाउन पर्नेमा निरन्तर एउटै शिर्षकमा लागाउदै आएकोले ती करहरु खारेज गरि उपभोक्तालाई सुलभ दरमा बिक्रीवितरण गर्न माग गर्दै नेपाल आयल निगमलाई पटकपटक ध्यानाकर्षण गराउदा नेपाल आयल निगमले हाम्रो मागलाई वेवास्ता गरि मुल्य वृद्धिलाई कहिले स्वचालित त कहिले करको नाममा वृद्धि गर्ने क्रियाकलाप नरोकिएको अहिले जनतालाई घरमै थुनेर राखिएको अवस्थामा राहत दिनु पर्नेमा झन पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरि जनताको ढाड सेक्ने काम भएकोले आज हामी बाध्य भएर नेपाल आयल निगमको कार्यलयमा तालाबन्दी गरेका छौ ।

हामिले पेट्रोलियम पदार्थ ढुवानी गर्ने गर्ने ट्यङ्करहरुलाई पनि पटकपटक आह्वान गरेका छौ अभिवृद्धि कर ९भ्याट० बाहेक अन्य कर छुट नभए सम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्न आज पुन सचेत गराउदछौ । हाम्रो मागको वेवास्ता गरि ताला खोलिएमा वा पेट्रोलियम पदार्थको ढुवानी गरेमा पेट्रोलियम पदार्थ भरी अमलेखगञ्ज डिपोमा आउदा वा डिपोबाट पेट्रोल पम्प जादा जुन सुकै ठाउँमा पेट्रोलियम पदार्थको ढुवानी गर्ने साधन नियन्त्रणमा लिगि कारबाही गरिने चेतावनीसमेत दिन्छ । जारी माग पत्रमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस