नेकपाको सचिवालय बैठक सर्‍यो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र १८, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सरेको छ । विहीबार बिहान ११ बजे बोलाइएको बैठक चार घण्टा सरेर दिउँसो ३ बजेका लागि बोलाइएको हो । नेकपाको आजको बैठकको कार्यसूचि अध्यक्षद्वयले बनाएको कार्यदलद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्नेगरी तोकिएको थियो । तर, अध्यक्ष तथा प्रधानमन्त्री ओलीको रुचि र समयसीमाको कारण राष्ट्रियसभामा मनोनित गर्ने सदस्यबारे छलफल गर्ने कार्यसूचि प्रमुख बनेको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा डा। युवराज खतिवडालाई लगेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहेका छन् । ओलीको यो प्रस्तावलाई नेकपाको अर्को खेमा र वामदेव गौतमले विरोध गरिरहेका छन् । यही विवादबारे छलफल गरेर टुंगोमा पुगेपछि मात्र ओली बैठक बोलाउने पक्षमा देखिएका छन् । यद्यपि लामो समयसम्म बैठक सार्ने सुविधा अहिले ओलीका लागि छैन । भदौ २० भित्र राष्ट्रियसभामा डा। खतिवडालाई पठाउनै पर्ने बाध्ययता उनको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस