भाद्र १९, काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथामको नाममा सरकारले लामो समय देखि लकडाउन र निषेधाज्ञाको नाममा जनतालाई घरमै थुनरे राख्ने काम मात्र गरेको प्रति बिपि पार्टीले गंम्भिर ध्यानाकर्षण भएको जनाएको छ । भदौ १५ गते सरकारलाई कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथामको विकल्प खोज्न तथा विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर तथा गरिब निमुखालाई राहात सरकारले नदिएको भन्दै पार्टीले राहत वितरणको लागि निषेधित क्षेत्र वालुवाटारमा भिख माग्ने कार्यक्रम गरेको थियो ।
व्यवसायीहरुको व्यवसाय बन्द रहदा हात धुनपर्ने स्थिति आयो तथा लकडाउन र निषेधाज्ञाको कारणले परम्परा देखि चलिआएको विभिन्न जातजाति तथा धर्मावलम्बीहरुको रितिरिवाज, चाडपर्व तथा जात्रामेलामा समेत प्रभाव परेकोले स्वास्थको मापदण्ड पुरा गर्दै लकडाउन र निषेधाज्ञा हटाउन पर्ने माग थियो ।
परम्पराकाल देखि चल्दै आएको रातो मच्छिन्द्रनाथको रथ यात्रा जनस्वाथ्यको मापदण्ड पालना गरि रथ यात्रा गर्नु पर्ने नारा लेखिएको प्लेकार्ड देखाएर पुल्चोकस्थित रथ राखीएको स्थानमा पुगी शान्ति पुर्ण रुपमा आफ्नो धर्म संस्कृतिक तथा सांस्कृतिकको रक्षा गर्न रथ यात्रा गर्न पाउनुपर्ने भनि गरिएको मागमा प्रहरीको हस्तक्षेप कार्यक्रम विथोल्ने कार्य प्रति पार्टीको केन्द्रीय समितिको भर्जुअल आकस्मिक रुपमा बसेको वैठकले उक्त घटना प्रति घोर आपत्ति निन्दा गरेको छ ।
नेकपा वाम सरकारले लकडाउन र निषेधाज्ञाको नाममा कहिले गुठि विधयेक ल्याई नेपालीहरुको धर्म संस्कृतिक माथि कहिले रातो मच्छिन्द्रनाथक जस्तो रथ यात्रा माथि प्रहार गर्दा प्रमुख प्रति पक्ष नेपाली काँग्रेस निरिह छ ।