महामन्त्री कोइराला भन्छन्–सभापतिसँग तारे होटलमा वार्ता भएको भन्ने समाचार भ्रामक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १९, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १९,काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गरेका छन् ।

बिपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा महामन्त्री डा.कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारको भ्रममा नपर्नसमेत आग्रह गरेका हुन् । कार्यक्रममा उनले पार्टीको आगामी १४ औँ महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसगैँ विचार र सिद्धान्तमासमेत घनिभूत छलफल हुनुपर्ने बताएका थिए ।

महामन्त्री डा.कोइरालाले कोभिड–१९का कारण केही महिना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे । साथै उनले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएपनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस