‘उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्छ’ : प्रजिअ दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २१, आईतबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताए ।

त्यसको व्यवस्थापनका लागि उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्ने उनले बताए । यसबारे प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टरमा समेत पठाएपनि कुनै निर्णय नभएको उनले बताए । उनले उपत्यकामा कडाई गर्नुपर्ने र सहजीकरण गर्दै जानुपर्ने अप्ठ्यारो रहेको बताए । अहिले पनि जनस्वास्थ्यका मापदण्ड सीमित मानिसहरुले मात्र पालना गर्ने गरेको भन्दै उनले यसमा सचेत हुनुपर्ने बताए । पर्ने, पीसीआर टेष्टका लागि स्वाब दिएकाहरुलाई रिपोर्ट नआउँदासम्म घरमै राख्नुपर्नेमा जोड दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस