नेकपाको स्थायी कमिटी बैठक आउँदो शुक्रबार बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २२, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र २२, काठमाण्डौ । झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आउँदो शुक्रबार बस्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको बैठकले २६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्रीले विधि र पद्धति मिचेर सरकार चलाएको, पार्टीका निर्णय नमानेको, सरकारको बदनाम हुनेगरी नियुक्ति र निर्णय गरेकोलगायतका आरोप लागेपछि गएको साउन १३ गतेयता बैठक बस्न सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस