निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी खाका तयार हुँदै, उपत्यकाका सिडियो छलफलमा व्यस्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २३, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २३,काठमाडौँ । उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल थालेको छ । निषेधाज्ञालाई लिएर नागरिकमा ठुलो गुनासो छ । दैनिक रुपमा काम गर्ने मजदुरको अवस्था दयनिय बन्दै गएको छ भने नेपाली अर्थतन्त्रमा ठुलो समस्या आउने व्यवसायी तथा अर्थबिदहरुले बताइरहेका छन् । यही बिषयलाई मध्येनजर गर्दै सरकारले भने निषेधाज्ञालाई खुकुलो बनाउने संकेत गरेको छ । सोही अनजुसार मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवाद भइरहेका छ ।

कोरोना संक्रमण बढेपछि तीनवटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ ।

तर अझै संक्रमण नियन्त्रणमा नआएकाले पूर्ण रुपमा खुला गर्न नहुनेमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एकमत छन् । हालकै अवस्थामा निरन्तरता दिँदा पनि जनस्तरबाट विरोध हुनसक्ने प्रमुख जिल्ला अधिकारीहरुको बुझाइ छ ।

गृह मन्त्रालयले पनि निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी खाका प्रस्तुत गर्न भनेको छ । मंगलबारको संवादपछि निस्किने निष्कर्षबारे गृहसचिव महेश्वर न्यौपानेलगायतसँग छलफल गरेर उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुने स्रोतको भनाइ छ ।

आइतबार निजी क्षेत्रका प्रतिनिधिले प्रधानमन्त्रीलाई स्थतीलाई सामान्य अवस्थातिर फर्काउन पर्ने सुझाव दिइसकेको छ । प्रधानमन्त्री निषेधाज्ञालाई खुकुलो बनाएर लैजानुपर्नेमा कन्भिन्स भएका छन् । यद्यपी कर्मचारी प्रशासन भने निषेधाज्ञालाई खुकुलो बनाउन नहुनेमा जोड दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस