कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र २३, मंगलबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

भाद्र २३,काठमाडौँ । काँग्रेस महामन्त्री डा. शशांक कोइरालामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा उनमा मंगलबार कोरोना पोजेटिभ देखिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार कोइरालालाई सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा सोमबार ह्याम्स अस्पतालमा परीक्षण गराउँदा रिपोर्ट बोर्डर लाइनमा देखिएको थियो । त्यसपछि पुनः स्वाव संकलन गरेर सानेपास्थित स्टार अस्पतालमा परीक्षणका लागि पठाइएमा रिपोर्ट पोजेटिभ आएको तिवारीले जानकारी दिए ।

यसैबीच महामन्त्री कोइरालाले आज गरिएको परीक्षणका क्रममा आफूमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यद्यपि हालसम्म आफूमा स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको कोइरालाले बताएका छन् ।

चिकित्सकहरुको सल्लाह अनुसार हाल आफू होम आइसोलेसनमा बसेको भन्दै उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णलाई आवश्यक सजगता अपनाउन अनुरोध गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस