धरहराको चौधौँ तलाको काम सम्पन्न, टावरको काम ६५ प्रतिशत पूरा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र २६, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाण्डौ । धरहराको चौधौँ तलाको काम सकिएको छ । चौधौँ तलाको भुइँ ढलानको काम बिहीबार सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । चौधौँ तलाको सियर वाल अर्थात् गोलो गारोको ढलान भने गएको शनिबार सकिएको थियो । देशव्यापी रुपमा लगाइएको लकडाउन हटेपछि धरहरामा धमाधम काम भइरहेको छ ।

निषेधाज्ञाको बेलामा पनि निर्माण सामग्रीको अभाव नभएकाले काम धमाधम भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आउनु भएका राजुमान मानन्धरले जानकारी दिए । हरेक १४ दिनमा धरहराको एक तला ढलानको काम भइरहेको प्राधिकरणको दाबी छ । धरहरा २२ तलाको हुनेछ । बाहिरबाट भने धरहरा ११ तलाको देखिनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार धरहरामा टावर निर्माणको काममध्ये ६५ प्रतिशत सकिएको छ । समग्र धरहरा पुनर्निर्माणको काम भने झण्डै ४२ प्रतिशत भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस