अध्यक्षद्धयको कुरा मिलेपछि नेकपा स्थायी कमिटी बैठक औपचारिकतामा सिमित हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २६, शुक्रबार (४ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

भाद्र २६,काठमाडौँ । नेकपाले असार १० देखि सुरु स्थायी कमिटीको बैठक शुक्रबारै विधिवत् रूपमा टुंग्याउने तयारी गरेको छ । कोरोना संक्रमणका कारण धेरै समय भेला हुन नहुने र अध्यक्षद्वयकै बीचमा विवाद मिलिसकेकाले बैठक सकेसम्म छोटो बनाउने तयारी नेकपाले गरेको हो ।

‘अहिले नै भन्न त सकिन्न,’ एक स्थायी कमिटी सदस्यले भने, ‘ स्थायी कमिटी सदस्यहरूलाई पहिले नै डकुमेन्ट पठाइसकिएको हुनाले शुक्रबारै सकिने अपेक्षा गरिएको छ ।’ अध्यक्षद्वयले तयार पारेको प्रस्ताव बुधबारै स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत पठाइसकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस