बसपार्कमा खाना खुवाउने दिनेश विष्ट र शुस्मालाई अखिलका नेता सुदेशको साथ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र २७, शनिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भाद्र २७,काठमाडौँ । पछिल्लो समय राजधानीमा लामो समयको लकडाउन र निषेधाज्ञाका कारण भोकै पर्नेको संख्या थपिदो छ । यही समस्यालाई बुझेर केही मनकारी समाजसेवीहरु नयाँ बसपार्कको बिजी मल अगाडी ती भोकाहरुलाई टन्न खाना खुवाउन तल्लिन छन् । स्व–स्फुर्त उनिहरु ती गरिब,श्रमिकहरुको भोक मेटाउन दैनिक बसपार्कमा व्यस्त छन् । यसमा सहभागी छन् युवा व्यवसायी दिनेश विष्ट र शुस्मा श्रेष्ठ । यो अभियानलाई व्यवस्थापन गरिरहेको छ , गँगबु बसपार्क महाँकाल क्लबले ।

आइतबार यो अभियानमा अनेरास्ववियुका नेता सुदेश पराजुली पनि जोडिए । नेता पराजुली विष्ट र श्रेष्ठसंगै ति श्रमिक र गरिबलाई खाना खुवाउन व्यस्त थिए । उनले आफु सँधै गरिव,दिनदुखी र श्रमिकको पक्षमा रहेको अनलाइनकेन्द्रलाई बताए । नेता पराजुली यसअघि पनि विभिन्न सामाजिक अभियानमा संलग्न हुँदै आएका छन् । उनी राजनितिलाई समाजसेवाको रुपमा बुझ्छन र त हरेक अभियानमा उनको सहभागिता सक्रिय ढंगले रहन्छ । पछिल्लो समय गंगबु क्षेत्रमा क्लव र केही सामाजिक अभियन्ताहरुले खाना खान नसक्ने श्रमिक,दुखीहरुलाई खाना खुवाइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस