चीन र भारतको बिवाद सिमाना लद्दाखमा चीनद्धारा अप्टिकल फाइबर बिछ्याउन सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ३०, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ३०, काठमाण्डौ । चीनले आफूसँगको सीमा क्षेत्र लद्दाखमा अप्टिकल फाइबर बिछ्याउन थालेको भारतले दाबी गरेको छ । लद्दाखमा भइरहेको तनाव कम गर्ने विषयमा भारत र चीनका परराष्ट्रमन्त्रीबीच रुसमा वार्ता भइरहेका बेला चीनले लद्दाखसम्म अप्टिकल फाइबर बिछ्याउने कामलाई तीव्रता दिएको बेलायती पत्रिका टेलिग्राफलाई उदृत गर्दै भारतीय अधिकारीहरुले बताएका छन् ।

लद्दाखको सीमा क्षेत्रमा खटिएका सैनिकसँग भरपर्दो सम्पर्कको लागि चीनले अप्टिकल फाइबर बिछ्याउन थालेको बीबीसीले जनाएको छ । लद्दाखको मुख्य क्षेत्रभन्दा ७० किलोमिटरभित्रको उपत्यकामा भारतका र चीनका हजारौँ सैनिक ट्याङ्क र लडाकु जहाजसहित गस्तीमा छन् ।त्यहाँ भरपर्दो सञ्चार सेवा नहुँदा समस्या भइरहेको खबरमा उल्लेख छ । पछिल्लो समय भारत र चीनबीच लद्दाख क्षेत्रमा तनाव भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस