आफ्नो पुनर्नियुक्तिको माग गरी प्रदर्शन नगर्न कुलमानको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन ३, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना महामारीको समयमा सडकमा भिडभाड गरी आफ्नो पक्षमा प्रदर्शन नगर्न आग्रह गरेका छन् । उनले एक विज्ञप्ती जारी गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने बताएका छन् । उनले भने नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।

उनले विज्ञप्तीको अन्तिममा कोरोना संक्रमणको अवस्थामा प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी सडकमा भिडभाड गरी प्रदर्शन नगर्न उनले आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस