देशबासीका नाम प्रधानमन्त्रीको सम्बोधन-‘हल्लाले जनमतलाई प्रदूषित गर्ने जोखिम हुन्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन ३, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेला, मानिसको मन दुःखेको बेला हल्लाहरुले जनमतलाई प्रदूषित गर्ने जोखिम हुने बताएका छन् । सैनिकमञ्च, टुँडिखेलबाट देशबासीका नाम सम्बोधन गर्दै उनले विगत एक वर्षयता हाम्रो लोकतन्त्र, गणतन्त्र र संघीयताका बारेमा कहिले मन्द त कहिले प्रष्ट सुनिनेगरी प्रश्न उठेको मैले सुनेको बताए । ओलीले भने, ‘मैले विगतका सम्बोधनमा पनि भनेको थिएँ–जब राष्ट्रले निर्णय लिन्छ, त्यहाँ अलमल होइन, प्रतिबद्धता हुन्छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले लिएको ऐतिहासिक निर्णय हो । अब यसलाई इमान्दारीपूर्वक सवल बनाउन लाग्नु हामी सबै नेपालीको कर्तव्य हो ।’

आफूले सरकारको नेतृत्व आफैले सम्हालेदेखि नै लोकतन्त्रप्रतिको निष्ठाका बारेमा भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै दुखी भएको उल्लेख गरे । ‘कसैकसैले म, यो सरकार र सत्तारुढ दलको लोकतन्त्रप्रतिको निष्ठाका बारेमा गरिने आशंका वा भ्रम सिर्जना गर्ने प्रयासबाट विस्मित हुने गरको छु ।’ उनले भने, ‘मैले भन्दै आएको छु– लोकतन्त्रमा असहमत स्वरहरुले स्थान पाउँछन्, पाउनु पर्छ । तर हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र होइन। लोकतन्त्र, निरङकुशतन्त्रको विकल्प हो र यो विधिको शासन हो । यो मर्यादित र अनुशासित प्रणाली हो ।’

ताजा अपडेट

खोजी गर्नुहोस