लकडाउनमा १७८ किमी सडक कालोपत्रे, ८९ मोटरेवल पुल निर्माण : प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन ३, शनिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा पनि विकास निर्माणलाई यथासक्य निरन्तरता दिइएको बताएका छन् । संविधान दिवसका दिन टुँडिखेलमा आयोजित कार्यममा उनले विकास गतिविधि झल्किने तथ्यांक प्रस्तुत गरेका हुन् । ुलकडाउन अवधिमा १७८ किमी सडकलाई कालोपत्रे गरिएको छ । ८९ मोटरेवल पुल निर्माण भएका छन् । भूकम्पबाट भत्किएका ५३ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भएका छन्ु, उनले भने ।

कोरोना महामारी नभएको भए भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्ने दाबी प्रधानमन्त्रीले गरे । उनले कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको तर आफूहरूले यस प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने उनले बताए ।

उनले सरकारले कोभिड–१९ बाट प्रभावित उद्योगरव्यवसायलाई सहज सञ्चालनको वातावरण बनाउन बजेट र मौद्रिक नीतिमार्फत् आर्थिक पुनरुत्थानका प्रस्तावहरु अघि सारेको बताए । ु

 

ताजा अपडेट

खोजी गर्नुहोस