कार्तिक २, काठमाण्डौ । विश्वभर कोरोना भाइरस ‘कोभिड १९’ सङ्क्रमितको संख्या चार करोड नाघेको छ । कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरका अनुसार आइतबारसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड २३ हजार पुगेको छ ।
कोरोनाका कारण हालसम्म ११ लाख १५ हजार ५९९ को मृत्यु भइसकेको छ भने पुरा संक्रमितमध्ये हालसम्म २ करोड ९९ लाख ३४ हजार उपचारपछि स्वस्थ बनेका छन् । कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८० लाख ८६ हजार ७८० व्यक्ति सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । अमेरिकामा हालसम्म दुई लाख १८ हजार ८० जनाको मृत्यु भएको छ ।