ऐतिहासिक रानीपोखरीको पुरानै शैली, स्वरूप र प्रविधिमा पुनर्निर्माण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ६, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक ६, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मल्लकालीन शैलीमा पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको बुधबार ताम्रपत्र अनावरण गरी उद्घाटन गरिन् । पाँच वर्षअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि रानीपोखरीको पुनर्निर्माण गरिएको हो ।

पुनर्निर्माणपछि रानीपोखरी क्षेत्र सांस्कृतिक चाडपर्व मनाउन आउने र स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ । रानीपोखरी परिसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमा प्राणप्रतिष्ठा पूजाको आरती लिनुका साथै विभिन्न तीर्थस्थल, नदी र कुण्डबाट ल्याइएको जल रानीपोखरीमा अर्पण गरन् । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतले पनि पोखरीमा जल अर्पण गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विभिन्न समस्या र परिस्थितिसँग पौँठेजोरी खेल्दै ऐतिहासिक रानीपोखरीको पुरानै शैली, स्वरूप र प्रविधिमा पुनर्निर्माण भएको बताईन् । पुनर्निर्माणको सुरुवात गरिएको झन्डै पाँच वर्षको अवधिमा निर्माण पूरा भएको हो । भूकम्प गएकै साल २०७२ माघ २ गते भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकि थिईन् । बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस