काठमाडौँ–तराई-मधेस द्रुतमार्गसँग मदन भण्डारी मार्ग बन्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक १८, मंगलबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाण्डौ । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौडाबीच कम समय दूरीमा आवतजावत गर्न निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न अध्ययन सुरु गरिएको छ ।

मदन भण्डारी मार्गले राजधानीदेखि दक्षिणकाली, छैमले, सिस्नेरी, भीमफेदी हुँदै भैँसेलाई जोड्ने छ भने मदन भण्डारी राजमार्गले भने हेटौँडालाई धरान चतरासँग जोड्ने छ । द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्ने योजनालाई मूर्तरूप दिने बागमती प्रदेश सरकारको प्रस्तावमा सङ्घीय सरकारद्वारा अध्ययन सुरु गरिएको छ ।

सङ्घीय सरकारले कार्यदल बनाएर नै अध्ययन सुरु गरेको हो । कार्यदलमा सङ्घीय अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेश सरकारका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि रहेका छन् । दु्रतमार्गसँग सो मार्ग जोडिएपछि काठमाडौँ र हेटाँैडा बीचको सडक दूरी करिब ५० किलोमिटर छोटिने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस