कार्तिक २५, काठमाडौं । कोरोना भाइरसविरुद्ध बनेको भ्याक्सिनले ९० प्रतिशत मानिसमा संक्रमण रोक्नसक्ने प्रारम्भीक विश्लेषणले देखाएको छ । यो भ्याक्सिन औषधि कम्पनी फाइजर र बायोनटेकले बनाएका हुन् र, कम्पनीले भनेको छ, यो विज्ञान र मानवताका लागि महान दिन हो । साथै यो महिनाको अन्त्यसम्म भ्याक्सिज प्रयोगका लागि आपतकालीन अनुमति माग्दै निवेदन दिइने छ ।
यो भ्याक्सिज हालसम्म ६ देशका ४३ हजार ५० मानिसमा परीक्षण गरिएको छ र, सुरक्षामा कुनै प्रश्न उठेको छैन । तर अहिले जुन डाटा आएको छ, त्यो अन्तिम विश्लेषण होइन । यो पहिलो ९४ स्वयंमसेवकको डाटामा आधारित छ, जसमा कोभिड पोजेटिभ पाइएको थियो ।
विश्वमा अहिले दजनौं भ्याक्सिन ट्रायलको अन्तिम चरणमा छन्, जसमध्ये केही फेज थ्रीमा पुगिसकेका छन् । त्यसमा पनि यो भ्याक्सिनले सकारात्मक नजिता देखाएको छ ।