चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ५, शुक्रबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाडौ । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् । सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगेका बेला चिनियाँ विदेशमन्त्री नोभेम्बरको अन्त्य तिर नेपाल आउन लागेका हुन् । उनी कति गते कति दिनका लागि आउने भन्ने विषयमा एकिन हुन बाँकी रहेको तर नेपाल आउने निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मिति र कार्यतालिका तयार गर्न चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले काम गरिराखेका छन् । आजभोलिमै यससम्बन्धी अन्तिम सूचना सार्वजनिक गर्ने तयारी भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस