२२ तलाको नयाँ धरहरा पुरानै मौलिकतामा बन्दै,कहाँ पुग्यो काम ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाण्डौ । २२ तला बन्ने धरहरा पहिलाको धरहराको शैलीमा बन्नेछ । तर पुरानै शैलीको भए तापनि नयाँ प्रविधिमा बनिरहेको निर्माण कम्पनीको बताएको छ । यो बन्दै गरेको धरहरामा बालुवा, छड, र्र्ईटा, डण्डी, सिमेण्टको सामग्री प्रयोग गरेर बनाइएको छ । तर माथि टपमा भने पुरानै धरहराको गजुर राखिने म्यानेजर श्रेष्ठ बताउछन् । पुरानै शैलीमा प्रत्येक तलामा झ्याल रहनेछ ।

नयाँ धरहरामा बालबालिका, जेष्ठ नागरिक, अपाङ्गमैत्री बन्ने भएको छ । धरोहरा चढ्नको लागि हिँड्न नसक्नेको लागि दुई वटा लिप्टको व्यवस्था गरिएको छ । गाडी र बाइकको लागि पार्किङको सुविधा रहनेछ । चारसय साना गाडी र सातसय बाईक अट्ने क्षमताको पार्किङ बनिरहेको छ । साथै, खाजा र खाना खाने क्यान्टिनदेखि आराम गर्नको लागि बगैंचा रहनेछ । धरहरा चढ्न दैनिक तीनदेखि चार हजारको हाराहारीमा पर्यटकहरु आउने एक अनुसन्धानले बताएको व्यवस्थापक श्रेष्ठ बताउछन् ।

धरहराभित्रै रहेको सुन्धारालाई पहिलाको जस्तो पानी बग्ने बनाइनेछ । नेपालको पहिचान चिनाउने उक्त पुरानो एेतिहासिक धरहरालाइ सफाइ गरेर पुरानै मौलिकतामा प्रयोगमा ल्याइने उनले जानकारी दिए । वि।सं। २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ऐतिहासिक मौलिकता बोकेको धरहरा ढलेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस