कोरोना विरुद्धको फाइजर र बायोएनटेकको भ्याक्सिनले पायो मान्यता, ९५ प्रतिशत काम गर्ने दावी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाण्डौ । बेलायत कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई अनुमति दिने पहिलो मुलुक भएको छ । तीन चरणको परीक्षणपछि बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिनले मान्यता पाएको हो । बेलायतले अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनलाई बुधबार अनुमति दिएको हो । यो भ्याक्सिन क्रिसमस भन्दा अगाडि नै करिब ८ लाख जना ब्रिटेनबासीलाई लगाइने भएको छ ।

विश्वभर अहिले २१२ वटा भ्याक्सिन निर्माणको काम चलिरहेको छ । चीनले पहिलो चरणको परीक्षणअघि नै चारवटा भ्याक्सिन र रूसले तेस्रो चरणको परीक्षणअघि नै दुई भ्याक्सिनलाई अनुमति दिएको थियो । दुवै देशमा भ्याक्सिन लगाउने क्रम सुरु भइसकेको छ । तर तीन चरणको परीक्षणपछि विश्वमा अहिलेसम्म कुनै पनि भ्याक्सिनलाई अनुमति मिलेको थिएन । यसैकारण फाइजर पहिलो यस्तो भ्याक्सिन भएको छ जसले तीन चरणकै परीक्षणपछि सरकारबाट अनुमति पाएको छ । फाइजर र बायोएनटेकको यो कोरोना भ्याक्सीन तेस्रो चरणमा ९५ प्रतिशतसम्म काम गर्न सफल भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस