मंसिर २०, काठमाडौ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६ करोड ६१ लाख ९४ हजार ३०३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६ लाख ६७ हजार ३६१ संक्रमित थपिएको वर्ल्डोमिटर्सले जनाएको छ ।
विश्वमा हालसम्म १५ लाख २३ हजार ३४८ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ९१२ जनाको मृत्यु भएको हो । यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ८८ लाख ८८ हजार ७३९ छ । त्यसमध्ये एक लाख ६ हजार ७१ गम्भीर अवस्थाका छन् । यस्तै संक्रमणमुक्त हुनेको संख्या चार करोड ५७ लाख ८२ हजार २१६ पुगेको छ ।