रसियामा सर्वसाधारणलाई भ्याक्सिन लगाएपछि खुसियाली,९५ प्रतिशत काम गर्ने दावी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २२, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २२, काठमाण्डौ । रसियाले आफ्ना नागरिकलाई कोरोना भाइरस कोभिड– १९ विरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । सुरुमा राजधानी मस्कोका सार्वसाधारणलाई यो सेवा उपलब्ध गराएको हो । पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरूलाई प्राथमिकता दिएको सरकारले जनाएको छ । रसियाले आफैँले बनाएको स्पुतनिक– ५ भ्याक्सिन प्रयोग गरेको हो । रसिया कोरोना भाइरसविरुद्ध भ्याक्सिन निर्माण गर्ने र आपतकालीन प्रयोगका लागि अनुमति दिने पहिलोमध्येको देश हो ।

रसियाले गत अगस्टमै स्पुतनिक– ५ भ्याक्सिनलाई दर्ता गरी प्रयोगका लागि मान्यता दिएको थियो । यो भ्याक्सिन निर्माणमा संलग्न विज्ञहरूले स्पुतनिक– ५ भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी रहेको दाबी गरेका छन् ।

सर्वसाधारणलाई भ्यासिन लगाउने सेवा दिएको ७० मध्येको एक स्थान केन्द्रीय मस्को क्लिनिकको माहोल पहिलेको भन्दा फरक छ । केही स्वास्थ्यकर्मी, शिक्षकहरूमा कोरोना भाइरसविरुद्धको भ्यासिन लगाइएको छ ।भ्यासिन प्राप्त गर्ने भएपछि उनीहरूमा भिन्नै आशा देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस