मंसिर २३, काठमाडौ । विश्वमा हालसम्म छ करोड ७९ लाख दुई हजार ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच लाख एक हजार ७०१ संक्रमित थपिएका छन् ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ९०६ जनाले ज्यान गुमाएका छन् । योसँगै कुल मृत्यु संख्या १५ लाख ४९ हजार ६११ पुगेको छ । अहिलेसम्म चार करोड ६९ लाख ८७ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । हाल विश्वमा एक करोड ९३ लाख ६५ हजार ६४ सक्रिय संक्रमित छन् । तीमध्ये एक लाख छ हजार २१६ जना गम्भीर बिरामी छन् ।