मंसिर २४, काठमाण्डौ । उत्तर अमेरिकी देश मेक्सिकोमा यही यही डिसेम्बर महिनाको तेस्रो साताबाट कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप तयारी गरेको जानकारी दिएको छ ।
मेक्सिकोका उपस्वास्थ्य मन्त्री ह्युगो लोपेज–गाटेलका अनुसार पहिलो चरणको खोप अभियान यही डिसेम्बर महिनाको तेस्रो साताबाट शुरु हुने र त्यो फेब्रुअरी २०२१ सम्म चल्नेछ । मेक्सिको सिटीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन् ।
यसै महिना २ लाख ५० हजार भन्दा बढी खोप मेक्सिको आइपुग्ने मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डले जानकारी दिएका छन् । मेक्सिकोले यसै साता चीनबाट करिब ३ करोड ५० लाख क्यानसिनो खोप ल्याउने गरी सम्झौता गरेको छ ।