मंसिर २५, काठमाडौ । विश्वमा हालसम्म छ करोड ९२ लाख चार हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा छ लाख ३४ हजार ४७ संक्रमित थपिएका छन् । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार १३३ जनाले ज्यान गुमाएका छन् ।
योसँगै कुल मृत्यु संख्या १५ लाख ७४ हजार ६९५ पुगेको छ । अहिलेसम्म चार करोड ७९ लाख ४६ हजार १०१ जना संक्रमणमुक्त भएका छन् । हाल विश्वमा एक करोड ९६ लाख ८३ हजार ८६४ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार २२१ जना गम्भीर बिरामी छन् ।