भारतमा कोरोना अबस्था : संक्रमितको संख्या १ करोड नाघ्यो, १ लाख ४५ हजारबढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ४, शनिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पुस ४, काठमाडौ । भारतमा कोरोना संक्रमितको संख्या साढे १ करोड नाघेको छ । साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ९९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ४ हजार ८२५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ४९ हजार ९२३ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार १७१ नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ३४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार १७१ पुगेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस