पुस ६, काठमाडौ । विश्वमा पछिल्लो २४ घण्टामा पाँच लाख ३९ हजार ९६२ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा सात हजार ९१२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ७१ लाख ५२ हजार १३० पुगेको छ । तीमध्ये १६ लाख ९९ हजार ११८ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।
अहिलेसम्म पाँच करोड ४० लाख ५१ हजार ४५१ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित दुई करोड १४ लाख एक हजार ५६१ जना छन् । विश्वमा अहिले एक लाख छ हजार २७५ जना गम्भीर बिरामी छन् ।