दिपू वर्णवाल
पुस ८, वीरगंज । प्रतिनिधी सभा विघटनको विरुद्धमा वीरगंजमा जनता समाजवादी पार्टी ९जसपा०ले बिरोध प्रदर्शन गरेको छ । जसपाको केन्द्रिय कमिटिद्वारा घोषित आन्दोलनको कार्यक्रम अन्तर्गत पर्साको सदरमुकाम वीरगंजमा पनि संसद विघटन बिरुद्ध प्रदर्शन भएको हो । वीरगंजको घन्टाघर चोकबाट निस्केको बिरोध जुलुश माइस्थान, महाविरस्थान, आदर्शनगर, घडिअर्वा र पुन माइस्थान हुदै नगर परिक्रममा गरी घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । विरोध जुलुशमा सहभागि जसपाका नेता तथा कार्यकर्ताहरूले असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, वीर सहिद अमर रहुन, निरंकुश प्रधानमन्त्री मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सांसद रेशम चौधरीलगायतका राजबन्दीहरू रिहा गर, झूठो मुद्दा खारेज गर, जसपा नेपाल जिन्दावाद लगायतका नारासहित प्रदर्शन गरेका थिए । कोण सभामा वोल्ने वक्ताहरुले असंबैधानिक र अलोकतान्त्रिक ढङ्गले संसद विघटन गरीएकोले पुर्नस्थापनाको माग गरेका थिए ।
लामो समयको संघर्ष र क्यौं पटकको आन्दोलनले बलिदानी दिएर जनताले ल्याएको लोकतन्त्र र संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार कदापी सहन हुन नसक्ने बक्ताहरुको भनाई थियो । प्रदर्शन कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रदिप यादव, हरिनारयण रौनियार, प्रदेश सांसद रमेश कुर्मी, करिमा बेग्म, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, नेता शिव पटेल, राजेशमान सिंह, नेजामुदिन सम्मानी, रामनरेश यादव,ओमप्रकाश सर्राफ, तबरेज अहमद, युवा कुंदन कुर्मी,साहेब खान,रुस्तम शेख, तूफान अंसारी लगायतको संयौ नेता तथा कायकर्ताहरुको सहभागिता रहेको थियो ।