सांसद् यादवद्वारा धर्मशाला उद्घाटन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष ८, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

पुस ८, वीरगञ्ज । पर्साको सदरमुकाम वीरगञ्जको मुख्य सडकमा लामो समयदेखि जिर्ण अवस्थामा रहेको धर्मशालाको ममर्तको काम सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ को मुख्य सडकस्थित नुनिया टोल जिर्ण बनिसकेको शिव मन्दिर तथा धर्मशालाको पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवको संसदीय कोषको रकमबाट ममर्त सम्भारको कार्य सम्पन्न भएको हो ।

मर्मत सम्पन्न धर्मशालाको सांसद् यादवले बुधबार एक कार्यक्रम बीच उद्घाटन गरेका थिए । सांसद् यादवले आफ्नो संसदीय कोषको ६ लाख रुपैयाँ रकमबाट दुई पटकमा धर्मशाला मर्मत गराएपछि स्थानीय हर्षित भएका छन् । वडामा हुने विवाहदेखि अन्य धार्मिक र सांस्कृतिक कार्यकमहरु समेतका लागि पर्योग हुने धर्मशाला जिर्ण हुँदा स्थानीयहरु चर्को पैसा तिरेर अन्य स्थानमा कार्यक्रमहरु गर्न बाध्य थिए । उद्घाटन कार्यक्रममा बोल्दै सांसद् यादवले धर्मशाला निर्माण पछि टोलमा हुने स(साना धार्मिक र पारिवारिक कार्यक्रमका गर्न स्थानीयहरुलाई सहज हुने विश्वास व्यक्त गरे ।

‘वडाका गरिव जनताले महँगो रकम तिरेर होटल र पार्टी पैलेसमा आफ्नो छोरा(छोरीको विवाह गराउँन सक्दैनन्,’ सांसद् यादवले भने, ‘त्यसैले सबै स्थानीयहरुको सुविधाका लागि सस्तो दरमा उपलब्ध हुने धर्मशालाको आवश्यकता देखेर यस्तो मर्मत गराएको हुँ । धनिदेखि गरिव सबैलाई आफ्नो वैवाहिक र धार्मिक कार्यक्रम गराउँन अब सहज हुन्छ ।’ जसपाका केन्द्रीय सदस्य समेत रहेका सांसद् यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय नेता सत्यनारयण नुनिया, विनोद साह कानु, सुशील कुमार, विकास कुमार, सन्दीप महतो, युवा नेता रुपक पटेललगायतको उपस्थिति रहेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस