बिश्वमा कोरोना अबस्था : ५ लाख १२ हजारबढी संक्रमित थपिए,१८ लाख ५९ हजारधेरैको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २१, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस २१, काठमाण्डौ । विश्वमा पछिल्लो २४ घण्टाभित्र पाँच लाख १२ हजार ८६६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण विश्वमा आठ हजार ७८० जनाको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ६० लाख ७० हजार २५२ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म १८ लाख ५९ हजार ५९८ जनाको मृत्यु भइसकेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख ७३ हजार ३९४ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा त्यहाँ एक हजार ७५३ जनाको मृत्यु भएको छ । बेलायतमा थप ५८ हजार ७८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण ४०७ जनाको मृत्यु भएको तथ्यांक छ । भारतमा १६ हजार २७८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा भारतमा २०० जना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा थप २० हजार ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण ५७३ जनाको मृत्यु भएको तथ्यांक छ । रूसमा पछिल्लो २४ घण्टामा २३ हजार ३५१ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने ४८२ जनाको मृत्यु भएको छ ।

यस्तै, दक्षिण अफ्रिकामा १२ हजार ६०१, कोलम्बियामा १० हजार ३११, मेक्सिकोमा पाँच हजार २११, इरानमा ६ हजार ७३, फ्रान्समा चार हजार २२, स्पेनमा नौ हजार ४३, जर्मनीमा आठ हजार ३९, इटलीमा १० हजार ८०० तथा अर्जेन्टिनामा आठ हजार २२२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस