पुस २२, काठमाण्डौ । कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको टोलीलाई चीनले प्रवेशमा रोक लगाएको छ । चीनको वुहान जान लागेका डब्ल्यूएचओका दुई अधिकारीलाई चीनले भिसा क्लियरन्सको स्वीकृती नदिएपछि समस्या आएको बीबीसीले जनाएको छ । टोलीका दुई सदस्यले भने यसअघि नै यात्रा शुरू गरिसकेका छन् ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रेयेसुसले विज्ञ टोलीलाई चीनमा प्रवेशका लागि आवश्यक अनुमति चीनले नदिएको थाहा पाएको बताएका छन् । उनले यो प्रशासनिक समस्या मात्र भएको र छिट्टै समाधान हुने आशा पनि व्यक्त गरे । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभरी महामारीको फैलिरहेको छ ।