पुस २५, काठमाण्डौ । यस वर्ष चीनको आर्थिक वृद्धि सात दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले कोभिड १९ को सङकटले ग्रस्त एक वर्षको महत्त्वपूर्ण मानवीय र आर्थिक लेखाजोखापछि २०२१ को लागि चीनको आर्थिक वृद्धि सात दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरेको समाचार संस्था एफपीले जनाएको छ ।
आइएमएफले यसअघि यस वर्ष चीनको आर्थिक वृद्धिदर नौ दशमलव ८२ प्रतिशत रहने अनुमान गरेको थियो । कोरोना भाइरसले विश्वभर आर्थिक संकट परिरहेका समय विश्वका प्रमुख अर्थतन्त्रमध्ये आर्थिक वृद्धिलाई कायम राख्ने चीन एक मात्र देश बनेको छ । विश्वव्यापी महामारी रोक्न विश्व समुदायले आंशिक तथा पूर्ण लकडाउन भएर उद्योग तथा कलकारखाना बन्द हुँदा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्ला महिनाहरूमा आर्थिक वृद्धि दरलाई विस्तार गर्न सफल भएको हो ।