बिश्वमा कोरोना : एकै दिन १४ हजार पाँच सयको मृत्यु हुँदा बेलायतमा १६ सयको ज्यान गयो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ७, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट विश्वमा एकै दिन करिब १४ हजार पाँच सयको मृत्यु भएको छ ।कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा मात्रै १ हजार ४ सय ९९ जनाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा एकै दिन दुई हजार छ सय ४५ जना छन् । अमेरिकामा सोही अवधिमा १ लाख ६२ हजार पाँच सय १८ जना संक्रमित थपिएका छन् ।

यसैगरी बेलायतमा २४ घन्टामा एक हजार छ सय १० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ब्राजीलमा एक हजार एक सय ८३, जर्मनीमा एक हजार एक सय ३९ जनाले ज्यान गुमाएका छन् । दक्षिण अफ्रिकामा आठ सय ३९ जना, इटालीमा छ सय तीन, रसियामा पाँच सय ८६, मेक्सिकोमा पाँच सय ४४, फ्रान्समा चार सय ४१, स्पेनमा चार सय चार, कोलम्बियामा तीन सय ९८, इन्डोनेसियामा तीन सय आठ जनाको मृत्यु भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस