विश्वमा कोरोना अबस्था : संक्रमित संख्या ९ करोड ९७ लाख नाघ्यो, १ लाख १० हजारबढी गम्भिर !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १२, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाण्डौ । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख ६८ हजार २१३ पुगेको छ । सोमबार बिहानको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ९४२ पुगेको छ । संक्रमितमध्ये २ करोड ५८ लाख ८६ हजार २२५ मा सक्रिय संक्रमण छ भने ७ करोड १७ लाख ४३ हजार ४६ जनाले कोरोनालाई जितेका छन् । उपचाररत बिरामीमध्ये १ लाख १० हजार ३६२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या २ करोड ५७ लाख २ हजार १२५ पुगेको छ । अहिलेसम्म ४ लाख २९ हजार ४९० जनाको मृत्यु भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको भारतमा संक्रमित संख्या १ करोड ६ लाख ६८ हजार ३५६ पुगेको छ । १ लाख ५३ हजार ५०३ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस